इसाकको निर्देशनमा सुजनको ‘लैबरी लैबरी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाकको निर्देशनमा सुजनको ‘लैबरी लैबरी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । इसाक जवेगुको निर्देशन, छायाँकन तथा सम्पादनमा गायक तथा संगीतकार सुजन आङदेम्बे र गायीका दिलु लिम्बूको सुमधुर आवाजमा सजिएकोे गीत ‘लैबरी लैबरी’ भिडियो सार्वजनिक गरिएको छ ।

सुजन आङदेम्बेको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीत ‘लैबरी लैबरी’ भिडियो बिहिवार सुजन आङदेम्बेको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पान्थरको ऐतिहासिक तथा रमणिय स्थल सिलौटी, लब्रेकुटी, माझिटार, सुम्हालुङ, सुकेपोखरी लगायतका पर्यटकियस्थलमा छायाँकन गरिएको भिडियोमा निङ्वा नेम्बाङ, पुर्ण नेम्बाङ, सागर केरुङ र उदय नेम्बाङ लगायतको अभिनय रहेको छ ।

भिडियोमा एलिना नेम्बाङको मेकअप रहेको छ भने स्टुडियो डी मा गीतलाई रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर