फिदिममा नेपाली साहित्यको गतिविधि चलायमान अवस्थामा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिदिममा नेपाली साहित्यको गतिविधि चलायमान अवस्थामा

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज केरुङ द्वारा संकलित एवं सम्पादित प्रदेश १ का नारी श्रष्टाहरूको संयुक्त कविता संग्रह अजम्बरी अक्षरहरु पुस्तकको एक कार्यक्रम बिच चर्चा गरिएको छ ।

पाचथरका नव उदित श्रष्टा तथा नेपाली साहित्यका हस्तिहरुको उपस्थितिमा याक्थुङ लेखक संघको आयोजनामा सो पुस्तकको चर्चा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कृतिमाथि बोल्दै साहित्यकार प्रेम ओझाले अजम्बरी अक्षरहरु पुस्तक भित्र केही समसामयिक उत्कृष्ट कविताहरु रहे पनि प्रकाशनका क्रममा केही त्रुटि समेत भएको बताएका थिए ।

जम्मा ५८ वटा समेटिएको सो कृतिमा कबिताहरुले समाजलाइ अग्र दिशामा बढन सधै प्रेरित गर्ने साहित्यकार ओझाको टिप्पणी रहेकोे थियो । पाँचवटा भाषाभाषीको कबिता समेत समेटिए पनि प्रदेश १ का केहि नारी श्रष्टाहरूको उपस्थिति कृतिमा छुटेकाले आगामी अङ्कको प्रकाशन संकलनमा ती श्रष्टाहरूलाई अनिवार्य नसमेटे अन्याय हुने प्रकाशन मण्डललाइ ओझाको सुझाब थियो ।

कार्यक्रममा पाठक प्रतिक्रिया राख्दै साहित्यकार राधा स्मृतिले कृतिभित्रका कविताहरुले महिलाका समस्या र संवेदनालाई शशक्त रूपमा उजागर गरेको बताइन् । पाठक प्रतिक्रिया राख्दै साहित्यकार श्याम नयनले कृतिभित्र केहि बाहेक उत्कृष्ट र शक्तिशाली कविताहरु रहेको प्रतिक्रिया दिएका थिए ।

संकलक एवं सम्पादकको तर्फबाट आफ्ना कुरा राख्दै साहित्यकार सरस्वती दुमी राईले अजम्बरी अक्षरहरुमा यसपटक छुटेका प्रदेश १ का नारी श्रष्टाहरूलाई अर्को भागमा अबस्य समेटिने कुरा बताइन् । उक्त कार्यक्रममा दर्जन भन्दा बढी पाँचथरे श्रष्टाहरूले कविता तथा गजल वाचन गरेका थिए भने सो कार्यक्रम याक्थुङ लेखक संघका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर