राजशुक्र र स्वस्तिकाको आवाजमा ‘इलाम मेरो गाउँ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजशुक्र र स्वस्तिकाको आवाजमा ‘इलाम मेरो गाउँ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार राजशुक्र लिम्बू र गायीका स्वस्तिका सावदेन लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘इलाम मेरो गाउँ’ सार्वजनिक गरिएको छ ।

गीतकार, संगीतकार तथा गायक प्रकाश सावादेनको शव्दभावहरुमा गायक तथा संगीतकार राजशुक्र लिम्बूको संगीतमा सजिएको पुर्वेली लोकभाकाको गीत ‘इलाम मेरो गाउँ’ माङसेबुङ म्यूजिक भिडियो अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

खुविनहाङ लिम्बूको निर्देशन तथा हेमराज चेम्जोङको छायाँकनमा नामबिनहाङ लिङदेनको सम्पादन रहेको भिडियोमा निश्चल तवेवुङ र अन्जिता बुङछेन वान्तावा राईको अभिनय रहेको छ ।

प्रकाश सावादेनको निर्माणमा किशोर पतंवाको परिकल्पना रहेको भिडियो इलामको कन्याम, सोक्तिम लगायत झापाको बिभिन्न स्थानहरुमा छायाँकन गरिएको हो ।

आदेश मगरको संगीत संयोजन रहेको गीतलाई रीफ डिजिटल रेकर्डिङ स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर