‘अनि देउराली रुन्छ’ नाटक पुनः प्रिमियर गरियो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘अनि देउराली रुन्छ’ नाटक पुनः प्रिमियर गरियो

पथरी । ‘अनि देउराली रुन्छ’ नाटक करिब ४ दशक पछि आमदर्शक माझ पुनः प्रिमियर गरिएको छ ।

३० को दशकमा मानबहादुर मुखियाद्वारा रचिएको नाटक ‘अनि देउराली रुन्छ’ धेरै वर्षपछि पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा शनिबार प्रिमियर (पहिलो सो) गरिएको हो ।

पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनको हलमा प्रदर्शन गरिएको प्रिमियर शो मा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राई, वडाध्यक्षहरु कपिलमणि ढकाल, डम्बर चेम्जोङ, एमालेका युवा नेता उमानाथ अधिकारी, विद्यालयका प्रिन्सिपलहरु वाल्मीकिका नोवलकिशोर खनाल, एभरेष्टका रविन कन्दङ्वा, पेगोडाका टिका दंगाल, रेडस्टारका टि.एन. तिम्सिनाको उपस्थिती रहेको थियो ।

दर्शकहरुले अत्याधिक रुचाएको अनि देउराली रुन्छ नाटक हेर्न झापा, मोरङ, सुनसरीका कलाकारहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रियिमर शो मा नाटकका निर्देशक जीवन बरालले उपस्थिति सबैलाई स्वागत गर्दै मन परे ताली नत्र सभ्य भाषामा सुझाव र गालीको आशा राखेको बताए । नाटक मंसिर ५ गतेदेखि ११ गतेसम्म विहान ११ः३० र बेलुका ४ बजे गरी दुई शो हुने नाटकको निर्माण नियन्त्रण पर्शुराम न्यौपानेले जानकारी दिए ।

नाटकमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, इश्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायतको जीवन्त अभियन रहेको छ ।

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको नजरमा नटक ‘अनि देउराली रुन्छ’

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमले पथरीमा थिएटर नाटक प्रदर्शन हुनु गौरवको विषय ठान्नु भएको बताए ।

उनका अनुसार शासकहरु मात्र बस्ने काठमाडौमा थिएटर हलहरुको पहुँच हुनु विस्तार हुनुलाई काठमाडौ भन्दा पर विकल्प नदेख्नु र नखोज्नु हो । तर अब यो थिएटर प्रहशन र बिस्तार त्यसको चुनौती पनि हो ।

‘अवः मोफसललाई हेर्ने दृष्टिकोण काठमाडौले बदल्नु पर्छ ।’ रंगकर्मी वनेमले भने,– ‘सिर्जनशिल प्रतिभाहरु मोफसल मै हुन्छन् र त्यो मोफसलले जन्माउने गर्छन् । सधैं काठमाडौले धान्न सक्दैन । प्रतिभाशाली कलाकारहरुको लागी काठमाडौ नै सबथोक होईन । अब कोही कसै सिर्जनशिल प्रतिभाशाली कलाकारहरुले काठमाडौलाई गुहार गरि रहनु पर्दैन ।’

रंगक्षेत्रमा दशकौं विताएका वनेमले मोफसल भित्रै यी यस्ता थिएटर हलहरु निर्माण गर्ने र श्रोत साधनहरुको प्रयाप्त सुबिधा अनि सहयोगहरु उस्तै मिल्ने हो भने, ग्रामीण मोफसल भित्रै त्यसता लोभलाग्दो प्रतिभाहरु कति जन्मिन्छन्, जन्मिन्छन् । त्यस्तो अवसर र हौसलाहरुको साथ सपोर्ट दिने हो भने, दयाहाङ राई, सौगात मल्लहरु जस्ता कलाकारहरु कति प्रोडक्ट हुन्छन्–हुन्छन् के । आक्रोश मिश्रित भावमा विगतलाई सम्झिदै विक्रम फागो वनेमले भने,– ‘अबः मोफसलले काठमाडौलाई होईन, काठमाडौंले मोफसललाई खोज्ने बनाउँनुपर्छ । पथरीले हिजो सांस्कृतिक कलाकर्मी प्रतिभाहरुलाई कहिले चिन्न सकेनन् । जहिले उपेक्षित गर्यो । र आफ्नो समकालीन रंगकर्मी कलाकारहरु आफू देखि बाहेक सप्पोई मुग्लान् पलायन भए, हुनु पर्यो ।’ उनले थपे त्यो समय नाट्य क्षेत्रलाई ब्याबसायीक रूपमा जीवन धान्न सकिन्छ भन्ने अभियाँनमा थियौं । दुर्भाग्य कसैको पनि साथ सहयोग नभएसी, नपाएसी उसबेला पथरीमा जुर्माएका नाट्य क्षेत्र र रंगकर्मीहरु एकसाथ गुमनाम निमेष जस्तै भयो, देखिए ।’

वनेमले अबः पथरीका जनप्रतिनिधिहरु लगायत उधोगी, ब्यापारी लब्ध प्रतिष्ठित ब्याक्तीत्वहरुले थिएटर हल सम्पन्न गर्न र यी प्रतिभाहरुको सपनाहरू पूरागर्न कटिबद्व सहयोग जुटाई दिन पनि डिसकस सम्बादमा सदर साक्षी बसेका पथरीशनिश्चरे नगर प्रमुख दिलीप कुमार राईको(किशोर)पनि ध्यानाकर्षण गराएका थिए । उनले थपे प्रतिभाशाली सस्ट्राहरुको सदा सम्मान गर्न सिकौं । किनकी यो देशलाई चिनाउँने शासकीय नेताहरुले होईन, कलाकार खेलाडीहरुले हो । तसर्थ यी थिएटरका कलाकारहरुलाई थप उर्जा औं हौसला दिऔं । जसले देश र समाजको सामाजीक, साँस्कृतिक रुपान्तरण गर्न गराउँनमा वल प्रदान गर्नेछन् ।

झण्डै चार दशक अघी मनबहादुर मुखियाले लेख्नु भएको यो नाटकमा उसबेलाको नेपाली जीवनशैलीको सामाजीक सांस्कृतिक पक्षको विविधालाई जस्ताको तस्तै उतारिएको छ । नेपाली समाज हिजो जस्तो थियो आज पनि यो नेपाली समाज उस्तै नज छ । जो यो रिभ्यु नाटक अनि देउराली रुन्छ हेरेपछी त्यहीँ आत्माबोध हुनेगर्छ ।

नाटक हेरि सकेपछीको डिसकस संवादमा उनले भने,– ‘कुनै बेलाको आफ्नै नाटक पाँच रुपैयाँको टिकट किन्न नसकेर रुदैं घर फर्केको फुच्चे केटोको आज आफै दर्शक बनेर उनले निर्देशन गरेको यो नाटक हेर्न पाउँदा गौरवले छाती ढक्क फुलेको अनुभुति भयो ।’ उनले नाटकका निर्देशक जीवन वरालतीर हेर्दै भारी प्रशंसा औं तारिफ गर्दै हार्दिक बधाई र थप सफलताको शुभकामना पनि दिएका थिए ।

सम्बन्धित खवर