‘माङसेबुङ इक्ला’ मा उत्कृष्ट १० छनौट - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘माङसेबुङ इक्ला’ मा उत्कृष्ट १० छनौट

माङसेबुङ । माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगितामा उत्कृष्ट १० छनौट भएका छन् ।

प्रतियोगिता कार्यक्रमको आयोजक तथा संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले आइतबार साँझ सहभागिहरु मध्येबाट गायनमा उत्कृष्ट १० जना छनौट गरी नतिजा सार्वजनिक गरेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना साथै मुबेक्वा सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा पहिलो पटक माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिता आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

यसरी माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप १० मा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु सबिन मादेन फुङ्लिङ १ ताप्लेजुङ, गिता नेम्बाङ फाल्गुनन्द ४ पान्थर, स्वस्तिका सावादेन माङ्सेबुङ इलाम, राजन बेघा देउमाई ९ इलाम, मन्दिरा नेम्बाङ फाल्गुनन्द १ पान्थर, अर्जुन थेगिम फाकफोक्थुम इलाम, चोत्लुङ केदेम माङ्सेबुङ इलाम, कोपिला मगर माङ्सेबुङ इलाम, मिसाम लिम्बु कुम्मायाक पान्थर, तागेरा आङ्देम्बे फाल्गुनन्द पान्थर रहेका छन् ।

सहभागि सम्पूर्ण प्रतियोगीहरु सबैनै अति प्रतिभावान र सम्बन्धित क्षेत्रमा दख्खल भएका कलाकारहरु हुँदाहुँदै पनि प्रतियोगिताको नियम र फर्म्याटअनुसार निर्णायकहरुको निर्णयको आधारमा माङसेबुङ इक्ला मातृभाषा गायन प्रतियोगिताको टप १० छनौट गरिएको साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताए ।

प्रतियोगिताको उत्कृष्ट १० मा प्रवेश गर्नुहुने सबै प्रतियोगीहरु आगामी २०७८ मंसिर १६ गते साँझ ४ बजेसम्ममा माङसेबुङको साक्थिम्गेन कार्यालयमा उपस्थित भइ सक्नुपर्ने र मंसिर १७ गते प्रतियोगिहरुलाई माङसेबुङमा अभ्यास गराउने पान्जुम्भोले जनाएको छ ।

टप १० मा पुगेका प्रतियोगीहरुले मंसिर १८ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा प्रथम नेपाली तारा दीपक लिम्बूको विशेष आतिथ्यतामा प्रस्तुति दिने छन् । सोही प्रस्तुतिको आधारमा निर्णायकबाट टप ५ छनौट हुने छन् ।

फाइनलमा पुगेका टप ५ प्रतियोगीहरुले मंसिर १९ गते साँझ वृहत सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार नन्दु गुरुङको साथमा प्रस्तुति दिने छन् । सोही दिन माङसेबुङ इक्ला गायन प्रतियोगिता २०७८ को विजेता र उप विजेताको छनौट गरी पुरस्कार वितरण गरिने पान्जुम्भोका उपाध्यक्ष आइन्द्र थेगिमले बताए ।

पान्जुम्भोका उपाध्यक्ष आइन्द्र थेगिमका अनुसार प्रतियोगितामा विजेतालाई नगद रकम, ट्रफी, मेडल र प्रमाण पत्र सहित किरात स्पन्दन एल्बममा एउटा गीत रेकडिङ गर्ने अवसर दिइनुका साथै आकर्षक गिफ्ट प्रदान गरिने र भने उप विजेतालाई नगद रकम, ट्रफी, मेडल र प्रमाण पत्र सहित आकर्षक गिफ्ट प्रदान गरिने छ ।

प्रतियोगिताको पहिलो चरणमा अनलाइन माध्यमबाट अडिसनमा लिइएको थियो पान्जुम्भोका सचिव सुवास गुरुङले बताए । प्रतियोगिताको निर्णायकहरु गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका गंगा फियाक, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहनु भएको छ ।

 

सम्बन्धित खवर