- आन्छुमे नसान
माङसेबुङ । हाङ चेम्जोङको निर्देशनमा लोकप्रिय गायक ब्रविम सेर्मा र लोकप्रिय गायीका गंगा फियाकको सुमधुर आवाजमा सजिएको मनछुने लिम्बू भाषको प्रेमिल गीत ‘पिन्देरो पिन्देरो’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार डिल्ली बिक्रम सेर्माको शव्द तथा संगीतमा सजिएको लिम्बू भाषको प्रेमिल गीत ‘पिन्देरो पिन्देरो’ भिडियो गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पूर्वको इलाम र झापाको पर्यटकिय तथा रमणिय स्थलहरुमा छायाँकन गरिएको भिडियोमा पुर्ण लिम्बू र सुजता फियाकले दमदार अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सपना फियाकको मेकअप, धिरेन तुम्बापोको सहायक छायाँकन तथा इसाक जवेगुको छायाँकन, सम्पादन तथा कलरिङ रहेको छ ।
भिडियो हेर्नुहोस…