- आन्छुमे नसान
माङसेबुङ । शाकाहारी जीवन पद्धतीलाई उजागर गरिएको नायीका तथा मोडल उपासना नेम्बाङ, स्वामी सुवासचन्द्र र बाल कलाकार प्रणा थापाद्वारा अभिनित गीत ‘तिम्रो जस्तै’ भिडियो सार्वजनिक गरिएको छ ।
डा. त्रिशाला गुरुङको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो जस्तै’ बोलको भिडियो विहिबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सार्वजनिक गरिएको हो भने, ओ.एस.आर.अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मानिसले जीवजन्तुहरूप्रति गर्ने दुर्व्यवहारहरूप्रति परिवर्तन गर्न पर्छ भन्ने सन्देश बोकेको गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
कृष्ण गुरुङ ‘बोधिसत्’ले शव्द तथा बीबी अनुरागीको संगीत रहेको छ भिडियोको कथा बाल कृष्ण (क्राइसिस्ना)ले लेखेका हुन् ।
भेगन ग्रुपको प्रस्तुतिमा रुपेश थापाको छायाँकन, सरोज पान्डेको मेकअप तथा रेनिस फागोको कलर रहेको भिडियोमा अर्जुन जि.सी.ले छायाँकन गरेका हुन् ।
साजन थापाको सहायक छायाँकनमा दिनेश महत, बि.पी. ढुङगाना, राजु थापा, श्री थापा र विमला दोदारीको अभिनय रहेको भिडियोमा राजन रैनीयार सहायक निर्माता रहेका छन् ।
भिडियो हेर्नुहोस…