इसाकको निर्देशनमा सुजन र श्रेयाको ‘सम्झेको बेलामा २’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाकको निर्देशनमा सुजन र श्रेयाको ‘सम्झेको बेलामा २’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार सुजन आङदेम्बे र गायीका श्रेया राईको सुमधुर आवाजमा सजिएको विल्कुलै नयाँ गीत ‘सम्झेको बेलामा २’ सार्वजनिक गरिएको छ ।

इसाक जवेगुको छायाँकन तथा निर्देशनमा गायक सुजन आङदेम्बेकै शव्द तथा संगीत रहेको विल्कुलै नयाँ गीत ‘सम्झेको बेलामा २’ गायक सुजन आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पान्थरको रमणिय तथा ऐतिहासिक स्थलहरु सिलौटी, लव्रेकुटी, सुके पोखरी साथै तमोरको किनारमा समेत छायाँकन गरिएको भिडियोमा सुजन आङदेम्बे र एलिना नेम्बाङ र सागर केरुङले अभिनय गरेका छन् ।

उदय नेम्बाङ, धिरेन तुम्बापो र पुर्ण नेम्बाङ लगायतको समेत अभिनय रहेको भिडियोमा निङवा नेम्बाङको कोरियोग्रफी, धिरेन तुम्वापोको सहायक छायाँकन र एलिना नेम्बाङको मेकअप रहेको छ ।

कृष्ण लिम्बूको संगीत संयोजन रहेको गीतको रेकर्डिङ भने स्टुडियो डी पुतलीसडकमा गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर