राजु र सुनिताको पुर्वेली लोक भाका ‘अरुणै घुमेर’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र सुनिताको पुर्वेली लोक भाका ‘अरुणै घुमेर’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

दमक । प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई निरन्तर अगाडी बढाई रहेका लोकप्रिय गायक तथा संगीतकार राजु आङदेम्बे र लोकप्रिय गायीका सुनिता थेगिमको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘अरुणै घुमेर’ सार्वजनिक गरिएको छ ।

गीतकार कमान ध्वोज लावतीको शव्द संकलन तथा राजु आङदेम्बेको संगीतमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘अरुणै घुमेर’ सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पुर्वका ऐहिासिक तथा धार्मिक महत्व बोकेका रमणिय स्थलहरुको बयाण गरिएको शव्दभाहरु समावेश गरिएको गीतको लिप्सिङ भिडियोमा छायाँकन इसाक जवेगु (नेपाल) र बिक्रम गुरुङ (हङकङ) र सम्पादन बिक्रम गुरुङ र पर्वत घलेको रहेको छ ।

पदम रजन मगरको संगीत संयोजन रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडिायो अनामनगर काठमाण्डौ र हिमालयण टन्स हङकङमा रेकर्डिङ गरिएको हो भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर