ब्रबिम र गंगाको ‘मेक्खिम चेक्सिना’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रबिम र गंगाको ‘मेक्खिम चेक्सिना’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार ब्रबिम सेर्मा र लोकप्रिय गायीका गंगा फियाकको आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘मेक्खिम चेक्सिना’ सार्वजनिक गरिएको छ ।

लोकप्रिय कलाकार तथा निर्देशक मौसम इम्बुङ ‘फुलन्देको वाउ’ को शव्दभावहरुमा डिल्ली बिक्रम सेर्मा र ब्रबिम सेर्माको संगीतमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘मेक्खिम चेक्सिना’ को लिप्सिङ भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

फरक शैलीमा छायाँकन गरिएको लिप्सिङ भिडियोमा इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर