द भोईस अफ किड्समा माङसेबुङका नुमा राईलाई जिताउन अभियान समिति गठन - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भोईस अफ किड्समा माङसेबुङका नुमा राईलाई जिताउन अभियान समिति गठन

माङसेबुङ । द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनीको सल्लाकार समिती सहित धनजित रुङ्माङ राईको अध्यक्षतामा ३५ सदस्य ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको हो ।

यस्तै सल्लाकार समितीमा माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गो, उपाध्याक्ष सुनिता सुब्बा सहितको १७ सदस्य समिती बनाईएको गठित समितीका सचिव सुसन रुङ्माहाङ राईले बताए ।

समितीको सहसंयोजकमा दिवस राई, सचिवमा सुसन राई, सहसचिवमा अतित योङ्हाङ, कोषाध्यक्ष सुजता राई, सदस्यहरुमा हेमन्त माकृहाङ राई, निशेष राई, बम बहादुर राई, तुफान राई, रमेश राई, विनोद नेम्बाङ, कमल बहादुर कार्की, सुदिप राई, जगत कोयु, सुशिल राई, देशराज नेम्बाङ रहेका छन् ।

यस्तै ‘नुमा राई जिताउऔँ अभियान समिती’ मा विभिन्न देशहरुमा रहेका नेपालीहरुको समेत सहभागीता रहेको बताईएको छ । अभियानको सदस्यमा कोरियाबाट तगेन्द्र राई र दिपराज कोयु राई, जापानबाट निशान कोयु, सेमिहाङ्मा एवाई र सकुन्तला राई, अमेरीकाबाट खड्ग खालिङ, सेफिया कोयु, बेलायतबाट रामकुमार चाम्लिङ, रेखा पुलामी र रामचन्द्र राई, साउदी अरबबाट रामकुमार राई (राना कान्छा), मलेसियाबाट आईनद्र प्रकाश योङ्हाङ, दुबैबाट महेनद्र बार्ताम, कतारबाट प्रमोद कोयु, हङ्कङ्बाट पवित्र कोयु र वशन्त राई, जर्मनीबाट प्रमोद एवाई, पोर्जुगलबाट सुजत चामिलङ, अष्ट्रेलियाबाट निलिमा कोयु राई रहेका छन् ।

समितीको सल्लाकारहरुमा डिकेन्द्र ईधिङ्गो, सुनिता सुब्बा, मैत राज राई, प्रदिप साम्पाङ, अमृतबहादुर राई, पुष्पराज कार्की, भक्तराज लिम्बु, नरेन्द्र कुमार राई, जनम खम्बु, मदनकुमार राई, यलम्बर साम्बा, केन्द्र बहादुर प्रसाई, महेश धिमिरे, गिरेन्द्र चम्लागाई, गजेन्द्र देवान, ईन्द्रमान चाम्लिङ, राम योङहाङ र धिरेन लावती रहेका छन् ।

समिति गठनसँगै समितिले आर्थिक सहयोग समेत संकलन अभियान सञ्चालन गर्ने भएको छ । राईलाई भोट गर्नका लागि आर्थिक संकलनका लागि प्रभु बैंक दमक शाखामा समितिका संयोजक धनजीत राई र कोषाध्यक्ष सुजाता राई नाममा (सुजाता राई खाता नं. ०११०१९५८८९५०००१२ प्रभु बैंक)मा समेत रकम जम्मा गरी नुमा राईलाई सहयोग गर्न सकिने समितिका संयोजक धनजीत राईले बताए ।

नुमा राईलाई भोट गर्नका लागि खल्ति एपको होम स्क्रीनमा रहेको भोटिङ आइकनमा क्लिक गरी भोट नाउ मा ट्याप गर्नुहोस र टिम मिलन भित्र गई नुमा राईको फोटोमा क्लिक गरी धेरै भन्दा धेरै भोट गर्नसक्नुहुनेछ ।

यसरी नै देश बाहिरबाट भोट गर्नको लागि खल्ति डटकम मा गई भोट गर्न सकिनेछ ।

सम्बन्धित खवर