हाङको निर्देशनमा पालाम ‘निङ्वासुम केदारो लुङ्वामाए’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा पालाम ‘निङ्वासुम केदारो लुङ्वामाए’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । युवा निर्देशक हाङ चेम्जोङद्वारा निर्देशित लिम्बू भाषाको पालाम ‘निङ्वासुम केदारो लुङ्वामाए’ सार्वजनिक गरिएको छ ।

चर्चित गायीका मनु नेम्बाङ् र गायकहरु शिवकुमार सम्बाङ्फे, विष्णु सेर्मा र जीवन केदेमको आवाजमा सजिएको निङ्वासुम भाग–६ को पालाम ‘निङ्वासुम केदारो लुङ्वामाए’ रीता फोम्बो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिबि लिम्बुको छायाँकन तथा सम्पादन रहेको पालाममा पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम, सुमन लिम्बु लुप्लिहाङ अन्जान नेम्बाङ्, नरेश वनेम, युगल लिम्बु, धनप्रसाद कन्दङ्वा, नन्दु तुम्बापो, डिआर हाङ्सरुम्बा, रीता फोम्बो ठुली, सीता लावती फोम्बो, जानु फोम्बो, राधिका आङ्बुहाङ् फोम्बो, सनी लिम्बु, नैनकला आङ्देम्बे लगायतले अभिनय गरेका छन् ।

रीता फोम्बो ठुलीको शव्द तथा लय संकलनमा मोनी ताम्लिङको संगीत संयोजन रहेको पालामलाई स्टुडियो एभरेस्टमारेकर्ड गरिएको हो भने भिडियोमा सञ्जु थलङ र आयुस्ना श्रेष्ठको मेकअप रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर