इन्द्रशुसिल र हिमालीको आवाजमा सन्तकुमारको ‘कति हौ राम्री’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र हिमालीको आवाजमा सन्तकुमारको ‘कति हौ राम्री’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार सन्त कुमार सिगंक लिम्बूको शव्द रचना रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘कति हौ राम्री’ को भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक इन्द्रशुसिल चोङबाङ लिम्बू र लोकप्रिय गायीका हिमाली लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘कति हौ राम्री’ को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्ण भक्त राईको संगीत तथा संगीत संयोजनमा किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा इन्द्रशुसिल चोङबाङ, राजकुमारी याक्खा, वलिसा लिम्बू, सदिक्षा श्रेष्ठ, मिक्फुङ लिम्बू र मिक्साङ लिम्बूले अभिनय गरेका छन् ।

डिनेस राई(सुविन)को छायाँकन, वसन्त वाम्बुले राईको सम्पादन रहेको भिडियोमा शिरकुमार साम्पाङको कलरिङ रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर