फोनिज झापाको अध्यक्षमा भुमिका फियाक निर्वाचित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज झापाको अध्यक्षमा भुमिका फियाक निर्वाचित

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका फियाक निर्वाचित भएकी छन् ।

फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मंसिर २५ गते अधिवेशन उद्घाटन भएको थियो । शनिबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मतमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सबिना राई ,सचिव तिलक योन्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा प्रतीक्षा राजवंशी,सुरेश थापा आलेमगर,डिल्लीश्वर लिम्बू,एकराज प्रधान ,सुजन प्रधान र धनकुमार लावती रहेका छन् ।

त्यसैगरी प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक , कविध्वज राई , सजन राई , सनिला राई , सर्णीमा राई , सुमन बेघा , मिना नेम्बाङ , निरन राई , लीला राई ,. सौरभ मुखिया ए र सौरभ मुखिया बी चयन भएका छन् ।

त्यस्तै संघीय प्रतिनिधिमा देशराज नेम्बाङ , भारती राई , रमेश राई समदर्शी , गणेशमान मुखिया , विशाल नेम्बाङ , यज्ञराज सुब्बा (विष्णु) र आनन्द गुरुङ रहेका छन् । कमन देवानको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।

सम्बन्धित खवर