राजेश पायल र स्मृतिको आवाजमा ‘यासोक पारी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल र स्मृतिको आवाजमा ‘यासोक पारी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायीका स्मृति पयाङगु लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘यासोक पारी’ सार्वजनिक गरिएको छ ।

गीतकार सुवर्ण नेम्बाङ ‘यम्वे’को शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्मा लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकाको गीत ‘यासोक पारी’ गायक यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोनको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

गायीका स्मृति पयाङगुको डेब्यू गीत ‘मायालु गाउँको देशैमा’ म्यूजिक भिडियोको अपार सफलता पछिको यो दोस्रो गीत  ‘यासोक पारी’ को लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।लिप्सिङ भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर