‘के गर्दै होला माया’ बोलको गितको बिमोचन - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘के गर्दै होला माया’ बोलको गितको बिमोचन

पान्थर । अनुपम म्युजिक ग्रुप द्वारा ‘के गर्दै होला माया’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

पाँचथर जिल्ला कुम्मायक गाउपालिका निबासी गगन प्रकाश लावतिको शब्द सङ्गितमा रहेको ‘के गर्दै होला माया’ बोलको गित नव उदयिमान गायिका पन्नी लावती राइले सुमधुर स्वर दिएकी छन् ।

सोमबार साँझ भएको ष्लिभ बउउ कार्यक्रममा करिब ८० वटा भन्दा बढी ग्रुप माझमा सो गितको बिमोचन भएको थियो । सामाजिक क्रियाकलापमा समेत उतरदायी बनेको अनुपम म्युजिक ग्रुपले गित संगीतलाई मात्र नभएर नेपाली साहित्यलाई पनि उजागर गर्दै लगेको छ ।

बिस्वको जुनसुकै ठाउँमा छरिएर रहेका श्रष्टाहरुलाइ सम्मान गर्दै कला गला गित सङ्गित र साहित्यका पारखीहरुलाइ एउटै ओजस्वी माला बनाउने अनुपम म्युजिक ग्रुपको प्रयास सर्हानिय भएको कुरा बिमोचन कार्यक्रममा बताइएको थियो ।

‘के गर्दै होला माया’ बोलको गितमा आफ्नो मायालु सङ्ग टाढिएर बस्नु पर्दाको पिडा लुकेको र सोही वेदना गित मार्फत पोख्ने प्रयास गितकार गगन प्रसाश लावती र गायिका पन्नी लावती राइले गरेका छन ।

उक्त गित बिमोचन कार्यक्रममा प्रमुख अथिती पदम सुखी सम्बाहम्फे र बिशेश अथितीमा भुपेन्द्र राई रहनु भएको थियो भने अनुपम म्युजिक ग्रुपका फाउन्डर बिरेन्द्र बिक्रम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर