इसाकको निर्देशनमा ‘सिमा पारी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाकको निर्देशनमा ‘सिमा पारी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक तथा छायाँकार इसाक जवेगुको निर्देशनमा गीतकार तथा गायक मिलन राई र सुदिता राईको सुमधुर आवाजमा सजिएको गीत ‘सिमा पारी’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा गायक मिलन राईको शव्दभावहरुमा गायक तथा संगीतकार बनोद खम्बूको संगीतमा सजिएको गीत ‘सिमा पारी’ मिलन राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

रजनी गुरुङ र मिलन राईको अभिनय रहेको भिडियोमा रोसिकम मगर, उर्मिला मगर, सन्ध्या मगर, मिसाना मगर, शिभानी मगर, शसि मगर र सञ्चिाता मगर लगायतले अभिनय ग रेका छन् ।

पणिन्द्र राईको संगीत संयोजनमा परपल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ दिपेश प्रधानले गरेका छन् भने मेकअप सन्जु थलङ, कोरियोग्राफी सामइ लामा, लाईट धिरेन तुम्बापो र छायाँकन तथ सम्पादन इसाक जवेगुले गरेका छन् ।

भिडियो हेर्नुहोस,,,

सम्बन्धित खवर