सीता र राजेश पायलको आवाजमा ‘चरा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीता र राजेश पायलको आवाजमा ‘चरा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका सीता सिंघक लिम्बू र चर्चित गायक राजेश पायल राईको सुमधुर आवाजमा सजिएको गीत ‘चरा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

साहित्यकार राजन मुकारुङको शब्द तथासंगीत रहेको गीत ‘चरा’ को भिडियोलाई शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि फेदापहाङ्मा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पवित्रा राईको निर्देशनमा हङकङ निवासी बरध्वज ओख्राबो र अस्ट्रेलिया निवासी सुष्मा राईको संयुक्त निर्माण रहेको भिडियोमा नाजिर हुसेन र एलिशा राईले अभिनय गरेका छन् ।

बुद्ध थापाको छायाँकन तथा छिरिङमा सेर्पाको सृङगर रहेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर