फोनिज पाँचथरको अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज पाँचथरको अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित


पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको अध्यक्षमा रामचन्द्र तामाङ निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि बिहीबार भएको निर्वाचनको अन्तिम मतपरिणा अनुसार खसेको ५३ मतमध्ये ३० मत प्राप्त गरेर तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी गणेश साम्पाङले २३ मत प्राप्त गरे । फोनिज पाँचथरको कूल ७० मतमध्ये ५३ मत खसेको मूख्य निर्वाचन अधिकृत मंगल बेघाले बताए ।

अध्यक्ष बाहेक अन्य पदमा भने सबैजना सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा सहरसिं तामाङ, सचिव उपेन्द्र येक्तेन, सहसचिव चित्रकला हाङसरुम्बा र कोषाध्यक्ष इवारा जबेगु सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा उत्तर लिम्बू, पदम दुःखी सम्बाहाम्फे, गजेन्द्र तुम्बापो, रमेश गुरुङ, मनेन्द्र केरुङ, रेशन त्यागी, सर्मिला मुखिया र मौसम सम्बाहाम्फे सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा सेसेहाङ लाओती, सुवाश केरुङ (नुनाम), प्रिय योङहाङ, सम्झना योङहाङ, दिल कुमारी योञ्जन, बिषाल राई, टार्जन राई, लक्षिमा तामाङ र एल.बी.लाओती निर्वाचित भएका छन् । संघीय प्रतिनिधिमा तिलबिक्रम नेम्बाङ, नारायण तुम्बापो, भकेन्द्र लाओती, जङ्ग तामाङ, घनेन्द्र केरुङ, निशा लोवा र देविका योङहाङ निर्वाचित भएका छन् ।

निर्वाचित जिल्ला कार्य समिति, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरुलाई फोनिजका संघीय सदस्य बिजयबोध लाओती, १ नं.प्रदेश समिति सचिव सन्देश सुब्बा, फोनिज पाँचथरका संस्थापक अध्यक्ष कविन्द्र शेर्मा, मूख्य निर्वाचन अधिकृत मंगल बेघा, निर्वाचन अधिकृत अधिवक्ता सन्त राई र निर्वाचन अधिकृत शान्ति देवी राईले बधाई तथा शुभकामना दिएका थिए ।

गत मंसीर २९ गते उद्घाटन समारोहपछि सुरु भएको बन्द शत्रमा अध्यक्ष पदका लागि दुई जनाले दाबि नछोडेपछि सहमतिका लागि पुष १५ गतेसम्म निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । यद्यपी उक्त समयावधिमा पनि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन गराइएको थियो ।

नवनिर्वाचित फोनिज पाँचथरका अध्यक्ष तामाङ नेपाल पत्रकार महासंघ पाँचथर शाखाका सचिव समेत छन् ।

सम्बन्धित खवर