कांग्रेस–एमाले परित्याग गरी जसपामा प्रवेश, डा. भट्टराईद्वारा स्वागत - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेस–एमाले परित्याग गरी जसपामा प्रवेश, डा. भट्टराईद्वारा स्वागत


इलाम । पूर्वी पहाडी क्षेत्रमा समेत जनता समाजवदी पार्टी (जसपा) मा प्रवेशको लहर चलेको छ ।

पार्टी प्रवेश गराउँन पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पूर्वी पहाडी क्षेत्रको दौडाहामा छन् ।

शनिबार पाँचथरको कुम्मायक गाउँपालिकामा वडा नम्बर १ का यासोकका वडा अध्यक्ष देवेन्द्र लावती, राप्रपाका पूर्व जिल्ला उपाध्यक्ष विश्वेश्वरप्रसाद बेघा, यासोक बहुमुखी क्याम्पसका प्रमुख एवम् पुराना बामपंथी नेता कर्ण लावतीलगायत पाँच सय भन्दा बढी संख्यामा जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनीहरुलाई पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई स्वागत गरेका थिए ।

त्यस्तै सोमबार इलाममा समेत कांग्रेस र एमाले परित्याग गरी २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टीले संचालन गरेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तरगत भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

यसरि प्रवेश गर्नेहरुमा लमु तामाङ, रोशन तामाङ, प्रेम तामाङ, जुनिता तामङ, अभिषेक मगर, शेरबहादुर मगर, हर्कबहादुर मगर, प्रेमकुमारी थापा, मंजु मगर, सरस्वति आले, प्रदिप मोक्तान (तामाङ) रहेका छन् ।

यस्तै अमर येक्तेन, खेसेहाङ येक्तेन, त्रिसल येक्नेत, मनकुमार नेम्बाङ, ग्याल्जेन मोक्तान, सलिन मुक्तान, जितबहादुर राई, विनोद कार्की, मनोज राई, विपन लिम्बू, भीम राई, जापान राना मगर, जनम लिम्बू र मनु योङहाङ रहेका छन् ।

उनीहरुलाई पूर्व प्रधानमन्त्री जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई, केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, केन्द्रीय सदस्य मित्र चापागाइलगायतले स्वागत गरेका थिए ।

सम्बन्धित खवर