प्रेस चौतारी झापाको अध्यक्षमा गदाल सर्वसम्मत - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस चौतारी झापाको अध्यक्षमा गदाल सर्वसम्मत

दमक । प्रेस चौतारी नेपाल झापाको ९ औँ जिल्ला अधिबेशनबाट मनकुमार गदाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको छ ।

सोमबार गौरादह ५ को महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाको नमूना पाहुना घरमा सम्पन्न जिल्ला अधिबेशनबाट गदालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

समितिको उपाध्यक्षद्वयमा प्रदीप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सह–सचिवमा अच्युत सुवेदी र तिलक योञ्नन र कोषाध्यक्षमा सरोज चौंलागाई निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा क्रमशः भूमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुडाल, लक्ष्मीप्रसाद अधिकारी, रूपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरेलगायत रहेका छन् ।

 

सम्बन्धित खवर