कांग्रेसमा रुपान्तरणको सुरुवात भएको छ : महामन्त्री शर्मा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेसमा रुपान्तरणको सुरुवात भएको छ : महामन्त्री शर्मा


इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुवात भएको बताए ।

बिहीबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेस नेतृत्वमा युवाहरुको आगमनले रुपान्तर सुरु भएको बताएका हुन् ।

शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । उनले यो आन्तरिक लडाई भएकाले हार र जित नभएको समेत बताए ।

महामन्त्री शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्ने बताए ।

 

 

सम्बन्धित खवर