फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज सर्वसम्मत - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज सर्वसम्मत

माङसेबुङ न्युज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार र बिहिबार हेटौंडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको समिति सर्वसम्मत निर्वाचित भएको हो ।

उपाध्यक्षहरुमा राजेश रुम्बा र डोल्मा शेर्पा (महिला), महासचिवमा श्याम राना मगर, सचिवहरुमा राजु नापति (संस्थागत) र शिशिर दोङ (संगठन) र कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा महिलातर्फ पासाङ शेर्पा, मिना श्रेष्ठ र कमला तामाङ (अस्मि) निर्वाचित भए भने सदस्यहरुमा पुर्णबहादुर मगर(विशाल), उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ छन् ।

सस्थागत सदस्यतर्फ रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ चयन भए ।

लेखा संयोजकमा राजेन्द्र मानन्धर निर्वाचित भए भने सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी चयन भए ।

अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ निर्वाचित भए भने सदस्यहरुमा रिदेन महर्जन र रसिया श्रेष्ठ चयन भए ।

प्रादेशिक महाधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा पूर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामालाई चयन गरेको हो ।

सम्बन्धित खवर