पालाम ‘ताम्भुङचा ५’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालाम ‘ताम्भुङचा ५’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । दिलिप फुरुम्बोको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘ताम्भुङचा ५’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार संगीतकार तथा गायक दिलिप फुरुम्बोको शव्द तथा लय संकलनमा दिलिप फुरुम्बो, दुर्गा इङनाम, नैनकला आङदेम्बे, कर्ण सङबाङफे र गणेश वनेमको आवाज रहेको पालाम ‘ताम्भुङचा ५’ भिडियो युमा अर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा विजय श्रेष्ठद्वारा म्युजिक मिडिया धरानमा रेकर्ड गरिएको पालाममा याम्निङवा योङहाङ, हिमाल लेछर्बो र बिक्रम लाबुङले अभिनय गरेका छन् ।

यसैगरि पालाममा गणेश वनेम, पुर्ण तुम्बाहाङफे, अम्बर तुम्बापो जानुका श्रेष्ठ, कहरसिं मगर, थानाहाङ तिगेला, एल.बी. नेयोङ, मकर नेयोङ, नैनकला आङदेम्बे, दुर्गा इङनाम, बिष्णु पयाङगु, खगुमाया इङनाम, शर्मिला हाङगाम, काजीमान वनेम, लक्ष्मी तावा, नारायण तवेवुङ, देउमान नाल्बो, कमला थलङ लिङखिम, मोति फुरुम्बो नाल्वो, दिलमामाया लिङखिम, ज्योली खिम्दिङ लिङखिम, अमृत बहादुर फुरुम्बो, ललित लिङखिम र भक्त बहादुर फुरुम्बोको समेत अभिनय रहेको छ ।

सोम मगरातीको मेकअप तथा नगिन धिमालको ड्रोन छायाँकन रहेको भिडियोमा छायाँकन तथा सम्पादन शिरकुमार साङ्पाङ राईले गरेका छन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर