सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, माघ १५ सम्म विद्यालय बन्द - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, माघ १५ सम्म विद्यालय बन्द

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन हुन नपाउने निर्णय पनि गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो ।

यसैगरि सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको सीसीएमसीले जनाएको छ । यस्तै सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको हो ।

 

सम्बन्धित खवर