एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित


एमाले इलामका नवनिर्वाचित अध्यक्ष महेश बस्नेत ।

इलाम । नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । अत्याधिक बहुमतका साथ अध्यक्षमा बस्नेत निर्वचित भएका हुन् । उनले ६ सय ९४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलालले ६४ मत मात्र प्राप्त गरेका छन् ।

एमाले इलामका नवनिर्वाचित उपाध्यक्ष उदयबहादुर राई ।

यसैगरि उपाध्यक्षमा उदयबहादुर राई ६ सय ८ मतका साथ विजयी भएका छन् । बाँकी सबै मत प्रतिष्पर्धीलाई गएपनि राईको मतजति पुग्दैन । उनका प्रतिष्पर्धी याम अधिकारीले १ सय ३७ मत मात्र पाएका छन् ।

त्यस्तै सचिवमा उमेश गुरुङले ५ सय २७ मतका साथ विजयी भएका छन् । उनका प्रतिष्पर्धी प्रकाश अधिकारीले २ सय २२ मत मात्र पाएका छन् ।

एमाले इलामका नवनिर्वाचित सचिव उमेश गुरुङ ।

त्यसैगरी दुई जना उपसचिव पदमध्ये रविन्द्र सुवेदी ४ सय ४४ मतका साथ विजयी भएका छन् । अर्को एक जना उपसचिवमा विष्णुमाया आचार्य २ सय ७२ मतका साथ विजयी भएका छन् । अर्का प्रतिष्पर्धि छवि श्रेष्ठ २ सय ५३ मत, रमेश राई १ सय ९७ मत र सन्तराम योङहाङ १ सय २७ मतका साथ पराजित भएका छन् ।

एमालेको दशौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ७ सय ६३ मत खसेको थियो ।

सम्बन्धित खवर