शुक्रबार दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शुक्रबार दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने

  • आन्छुमे नसान

दमक । झापाको दमकमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको छ ।

दमकमा अवस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा भोली (शुक्रबार) बिहान ११ बजे मनिकुमार सुव्वा र बी. राज लिम्बूको निर्माणमा सागर केरुङको पटकथा तथा सम्बाद र किशोर सुव्वाको निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको हो ।

याक्थुङ मुन्चईत चोक सयङको संयोजनमा लिम्बू बिध्यार्थी मञ्च झापा, याक्थुङ युवा मञ्च झापा, किरात याक्थुङ चुम्लुङ झापा र किरारत याक्थुङ चुम्लुङ दमक नगर झापाको समेत आयोजनामा चलचित्र ‘थेत्लङ’ को बिशेष पदर्शनी हुने याक्थुङ मुन्चईत चोक सयङका महासचिव समेत रहेका थेत्लङ बिशेष प्रदर्शन समितिका संयोजक बिक्रम फागो वनेमले बताए ।

सिक्किमेली साहित्यकार देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई पर्दामा उतारिएको चलचित्रमा बिशाल सेनेहाङ लिम्बू र दिव्या लिम्बूको मुख्य अभिनय रहेको छ ।

हेमन तामाङको छायाँकन, सम्पादन तथा ड्रोन छायाँकन रहेको चलचित्रमा देउमान लिम्बू, सागर केरुङ, दिलसिं मेन्याङबो र यादन सेर्माको गीत, कुल्बा सुव्वा, राजु आङदेम्बे, पविन आङदेम्बे र मनि ताम्लिङको संगीत रहेको छ ।

 

सम्बन्धित खवर