- आन्छुमे नसान
माङसेबुङ । हाल बेलायतमा बस्दै आएकी आरजे तथा अभिनेतृ सृजना निङ्लेकुको दमदार अभिनय रहेको रोमान्टिक गीत ‘फुलहरु मगमग’ को भिडियो सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार कञ्चन थलङ लिम्बुको शब्द तथा संगीतमा मेलिना राईको सुमधुर आवाजमा सजिएको ‘फुलहरु मगमग’ भिडियो सृजना निङलेकुको अफिसियल युट्यूव च्यालबाट सार्वजनिक गरिएको हो ।
कुसल श्रेष्ठको छायाँकन, सम्पादन तथा निर्देशनमा बेलायतको सुन्दर ठाउँहरुमा छायाँकन गरिएको भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।
नेपालमा रहँदा विभिन्न भिडियोसँगै फिल्महरुमा समेत अभिनय गरेकी सृजना प्रवासमा पनि अभिनय क्षेत्रलाई निरन्तरता दिइरहेकि छन् । ‘फुलहरु मगमग’ गीतको लिरिकल भिडियो यसअघिनै सार्वजनिक भईसकेको छ ।
स्टुडियो ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतको रेकर्डिङ राजेश श्रोष्ठ र संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका हुन् भने मिक्सिङ किशोर थापाले गरेका हुन् ।
भिडियोमा मेकअप सविना लिम्बू, प्रडक्सन मेनेजर पर्शुराम राई र सहायक छायाँकन गहेन्द्र साक्य र कलर नविन निरौलाको रहेको छ ।
भिडियो हेर्नुहोस…