हाङको निर्देशनमा गंगा र सञ्जयको पालाम ‘आदुमे आन्छी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा गंगा र सञ्जयको पालाम ‘आदुमे आन्छी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायीका गंगा फियाक लिम्बू र गायक सञ्जय निङलेकु लिम्बूको सुमधुर अवाजमा सजिएको लिम्बू भाषामा सजिएको पालाम ‘आदुमे आन्छी’ सार्वजनिक गरिएको छ । गायक सञ्जयको आवाजमा यो पहिलो पालाम हो ।

एकपछि अर्को भिडियो निर्देशन गर्नमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा इन्द्र शुसिल चोङबाङ लिम्बू र रोशनी आङदेम्बे लिम्बूको अभिनय रहेको पालाम ‘आदुमे आन्छी’ गायीका गंगा फियाकको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाममा प्रमिला मादेन, सुमन जवेगु, एलिसा लावा, अन्सुहाङ आङदेम्बे, निरज साम्बा, देविका लुम्फुङवा, सुम्निमा इजम, जीना इजम, सविता आङदेम्बे, सन्ध्या आङदेम्बे, एलिस लाबुङ, रन्जित आङदेम्बे, धनकुमारी केरुङ, बसन्ती लावती, आशा लिम्बू, अमृता इजम आङदेम्बे, धन प्रसाद केरुङ, टिका इधिङगो रमना लक्सम्बा, टेकवीर नेम्बाङ कुमारसिं जवेगु, बलबहादुर माबो लाखरोती लक्सम्बा, लिलामाया योङहाङ, फुलमाया सेलिङ, हर्क फियाक चन्द्ररानी फियाक, जीवन सिंगक, हरि आङदेम्बे, उमा यक्पाङदेन र भुमिका फियाक लगायले समेत अभिनय रहेका छन् ।

गीतकार बखत आङदेम्बेको शव्द तथा पदम राजन मगरको संगीत संयोजनमा इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको पालाममा सपना फियाकको मेकअप तथा धिरेन तुम्बापोको लाईट रहेको छ ।

पालाम हेर्नुहोस…

https://www.youtube.com/watch?v=_O1DXkqZ__0&t=212s

सम्बन्धित खवर