द भ्वईस अफ किड्सका फिनालिष्ट रुक्साना लिम्बुलाई दमकमा गरीयो स्वागत तथा सम्मान - Mangsebung News
  • शुक्रबार, बैशाख १८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वईस अफ किड्सका फिनालिष्ट रुक्साना लिम्बुलाई दमकमा गरीयो स्वागत तथा सम्मान

दमक । झापाको दमकमा द भ्वईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बुलाई विशेष स्वागत तथा सम्मान गरिएको छ ।

मंगलबार द भोईस अफ किड्स नेपालको ग्राण्ड फिनाले पछि पहिलो पटक झापा आएकी रुक्साना लिम्बूलाई दैनिक खबर नेपाल मिडिया हाउसको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा समाजिक अभियान्ता त्रिभुवन लुङफुङवा, याक्थुङ मुन्जईत चोक सयङका महासचिव बिक्रम फागो वनेम, सञ्चारकर्मी आन्छुमे नसान, संसेमी मायुङ, गायक यादन सेर्मा, लेखनाथ चेम्जोङ, पुष्प किराँती, कुरुम्बेली समाज सेवा संघ दमकका अध्यक्ष ऐमानसिं लावती कोषाध्यक्ष योङहाङ कमला लावती, सदस्य मिलन लावती, छायाँकार तथा निर्देशक भूपेन्द्र तुम्बाहाङफे, कलाकार, छायाँकार तथा निर्देशक अनिस लावती र अनिल थोप्रा, समाजिक अभियान्ता प्रताप निङलेकु, समाज सेवी मणि बिक्रम योङहाङ लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

उनी व्लाईण्ड अडिसनबाट कोच प्रमोद खरेलको टीममा सेलेक्ट हुँदै फिनाले सम्मको यात्रा तय गरेकि थिईन । उपाधि भने टीम प्रमोदबाटै झापाली जेनिश उप्रेतिले जितेका थिए ।

कार्यक्रम याक्थुङ मुन्जईत चोक सयङका महासचिव बिक्रम फागो वनेम र कलाकार, छायाँकार तथा निर्देशक अनिस लावतीको संयोजनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर