लिम्बुवान मञ्च झापा निर्वाचन क्षेत्र नं. ४ को प्रदेश संयोजकको क मा लाओती र ख मा लिङदेन चयन - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान मञ्च झापा निर्वाचन क्षेत्र नं. ४ को प्रदेश संयोजकको क मा लाओती र ख मा लिङदेन चयन


दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ ।

मञ्चका उपाध्यक्ष ज्ञान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार दुधे बजारमा सम्पन्न भेलाबाट क्षेत्र नं. ४ को प्रदेश क को संयोजकमा विचारी लाओती र ख को संयोजकमा किरण लिङदेन चयन भएका छन् ।

यसैगरी प्रदेश क समितिको उप–संयोजकमा यज्ञहाङ चेम्जोङ, बादल राई र हेमकुमार राई रहेका छन् भने सचिवमा शिव सेर्मा चयन भएका छन् ।

यसरीनै सदस्यहरुमा नरेन नेम्वाङ, ज्ञानुहाङ सेर्मा, इन्द्रबहादुर सेर्मा, मनप्रसाद नेम्वाङ, जितेन एकतेन, ज्ञानबहादुर सेर्मा, सुबिन चेम्जोङ, भिमबहादुर लिम्बू, सुमन फागो, सनम खेवा, धनबहादुर फेउदेन र सन्तोष चेम्जोङ् रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारहरुमा भिमबहादुर सुनुवार, सह–सल्लाहकारमा देबेन्द्र आङ्देम्बे र सल्लाहकार सदस्यमा दिलबहादुर सेरेङ् रहेका छन् ।

यसैगरी प्रदेश निर्वाचन समिति ख को उप–संयोजकमा जितेन्द्र कुमार आङ्बो र सचिवमा बसन्त मेन्याङ्बो रहेका छन् ।

समितिको सदस्यहरुमा बिमल आङ्बो, ललिता सेरेङ्, तुलसा सोदेम्बा रहेका छन् भने प्रमुख सल्लाहकारमा भक्तबहादुर मेन्याङ्बो र श्री योङ्या त्यसैगरी सदस्यमा मनकुमार तुम्बापो रहेका छन् ।

कार्यक्रममा १ नं. प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, भिम सुनुवार, प्रान्तीय सचिवालय सदस्यहरु, सदस्यहरु, झापा जिल्ला अध्यक्ष नगेन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर