एस.पी. को शव्दमा इन्द्रशुसिल र दीपाको ‘राईनी केटी मन प¥यो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एस.पी. को शव्दमा इन्द्रशुसिल र दीपाको ‘राईनी केटी मन प¥यो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक इन्द्रशुसिल चोङबाङ लिम्बू र गायीका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘राईनी केटी मन प¥यो’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार एस.पी. निङलेकु लिम्बूको शव्दभावहरुमा कृष्णभक्त राईको संगीत संयोजन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘राईनी केटी मन प¥यो’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक चन्द्र लिम्बूको निर्देशनमा शिरकुमार साम्पाङ राई र दिनेश राई (सुबिन)को छायाँकन तथा महेश सिग्देलको श्रृङगार रहेको भिडियोलाई बसन्त वाम्बुले राईले सम्पादन गरेका हुन् । स्टुडियो किङमा रेकर्ड गरिएको गीतलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।

भिडियोमा एल.पी. तिलिङ चोङबाङ, केहेर तिलिङ चोङबाङ, बिर्ख तिलिङ चोङबाङ, बिष्णु सोल्टी तिलिङ चोङबाङ, एल.बी. नेयोङ, भिम सागर मादेम्बा, थानाहाङ तिगेला, चन्द्रकला लिम्बू, निसुङ अन्छङबो, सुनिता लिम्बू, सुजता साम्बा, कुमारी पयाङगु, चन्द्र मादेम्बा, मिना मादेम्बा, राजकुमार आङबुहाङ, तुलसा वनेम, फुलमाया मादेम्बा, नम्ब्रदा लिम्बू, लिला केदेम, सम्झना कङलीवा र कल्पना अख्राबु लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर