पाँचथरमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं लिम्बुवान मञ्चमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, साउन २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं लिम्बुवान मञ्चमा प्रवेश

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । संघीय महिला मञ्च लिम्बुवान फेदेन नगर कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो ।

आइतबार फेदेन स्थित सिङगापुर गेष्ट हाउसको सभाहलमा सम्पन्न भेलामार्फत विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुमा शशी जगेगु सिगु, बिध्या आङ्बो, सुमिना नेम्बाङ, जेनिशा राई, बिमला हाङ्सरुम्बा, समीप आङ्बो, कौशिला नेम्बङ, जानुका लावती, रचना जबेगु लगायत रहेका छन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय÷केन्द्रीय सहसचिव तथा पान्थर क्षेत्र नं. १ का संयोजक सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव तथा पान्थर क्षेत्र नं. १ का सह–संयोजक सुनिता केरुङ, प्रान्तीय सचिवालय सदस्य देउकुमार नेम्बाङ, जिल्ला सचिव सुबास केरुङ नुनाम, जिल्ला सचिवाल सदस्यद्वय रामचन्द्र नेम्बाङ, आधार घिमिरे, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमका सभाध्यक्ष अञ्जुली केरुङ्ले बताइन् ।

सम्बन्धित खवर