लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

माङसेबुङ न्युज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भर्चुअल जुम मार्फत अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले रुकमान लिम्बु ‘रिकम’को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा निर्वाचित गरेको छ । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा खड्ग सेर्मा, उपाध्यक्षहरुमा बल बहादुर लिम्बु, लक्ष्मण योङहाङ र बसन्ती लावती रहेका छन् भने महासचिव केशव थेवे, सचिवमा सुमन हेम्ब्या, सह–सचिवमा कुलराज मावो र अर्थसचिवमा विराज येक्तेन निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा अमृत लिम्बु, उत्तम लिम्बु, राजा आङ्गबो, सुदर्शन नेम्बाङ्, सन्तोष योङहाङ, राम आङबुहाङ, रुपक लक्सम, सुजन यक्तेन, सुरेन्द्र लिम्बु, सन्तोष सेन, विनोद साउदेन, कृतज्ञ थेवे, सुमन लिङदेन र सचिन लावती रहेका छन् ।

यसैगरी आजै बनेको सल्लाकार समितिमा रमेश लावती, सानु मावो, दिपेन माखिम, नरेन्द्र योङहाङ, दिपक खनाल, हेम्बु इजम, चित्र आङदेम्बे, अग्नी पन्धाक र डिक राई रहेका छन् ।

 

सम्बन्धित खवर