डि.बी. थेगिमको निर्देशनमा पालाम ‘सेम्मुई’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डि.बी. थेगिमको निर्देशनमा पालाम ‘सेम्मुई’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशनमा समेत डेव्यू गरेका गायक डि.बी. थेगिम लिम्बूको निर्देशनमा गीतकार नरकुमारी वनेम सेन्दाङको शव्दभावहरुमा सजिएको पालाम ‘सेम्मुई’ सार्वजनिक गरिएको छ ।

गायीका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा निरन्ता नेम्बाङको लयमा सजिएको पालाम ‘सेम्मुई’ मेन्छ्यायेम दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोनको संगीत संयोजनमा किङ स्टुडियोमा शुरेश राईले रेकर्ड गरेको पालामलाई राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोमा नरकुमारी वनेम सेन्दाङ, बिष्णुमाया वारुमहाङ, सञ्चमाया वरुमहाङ, फुलमाया वरुमहाङ, राधा फोम्बो, थानाहाङ तिगेला, हिमाल लिम्बू, देबेन्द्र चोङबाङ र डि.बी. थेगिमको अभिनय रहेको भिडियोलाई रविन राईले छायाँकन तथा सम्पादन गरेका हुन् ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर