सागर केरुङको निर्देशनमा ‘मिक्किफुङ्’ को छायाँकन सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा ‘मिक्किफुङ्’ को छायाँकन सम्पन्न

पान्थर । कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायाँकन सम्पन्न भएको छ ।

पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायाँकन भएको भिडियोलाई सञ्जय आचार्यले छयाँकन गरेका हुन् ।

याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, प्रकाश ब्यवस्थापन टिराम अधिकारी र शृङ्गार अमृता जबेगुको रहेको छ ।

याक्थुङ फिल्म्स युट्यूब चानलबाट सार्वजनिक हुने भिडियोमा नुनाम केरुङ, अमृता जबेगु, रामचन्द्र नेम्बाङ लगायतले अभिनय गरेका छन ।

उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

 

सम्बन्धित खवर