सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक (भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय दर्शकहरुको माझ लोकप्रिय बन्दै आईरहेकी सुभधुर आवाजका धनी लोकप्रिय गायीका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको मिठो गीत ‘मखमली फुल फुलेछ’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रेनिङ प्रयास राईको शव्दभावहरुमा संगीतकार सुमन राईको संगीत तथा संगीत संयोजनमा दीपा तामाङ र वविना राईको कोरस आवाज रहेको पुर्वेली गीत ‘मखमली फुल फुलेछ’ को भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका सुनिता थेगिमको साथमा रोजिना थेगिम लिम्बू र नविना सङबाङफेको अभिनय रहेको भिडयोलाई इसाक जबेगुले छायाँकन, कलरिङ तथा सम्पादन गरेका हुन् ।

भिडियोमा फामाहिम बुटिकको प्रस्तुति तथा पहिरन, धिरेन र दिपकको लाईट, अस्मिता राईको हेयर रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी र रेकर्डिङ सुबास कुथुमी राईले गरेका छन् ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=lkN9n-ZgzEg

सम्बन्धित खवर