सारेगमप लिल् च्याम्पसको उपाधि बिर्तामोडकी कृपा पौडेललाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सारेगमप लिल् च्याम्पसको उपाधि बिर्तामोडकी कृपा पौडेललाई

झापा । ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रसारित १६ वर्ष मुनिका बालबालिकाहरुको सिङिगङ रियालीटी सो सारेगमप लिल् च्याम्पस सिजन १ को उपाधि झापा बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् ।

शनिबार राती सम्पन्न ग्राण्ड फिनालेबाट बिर्तामोड २ रामचोक निवासी १४ वर्षीया पौडेल सारेगमपको पहिलो विजेता बनेकी हुन् ।

सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा कृपालाई विजेता घोषित गरिएको हो । उनले फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिहात पारेकी हुन् ।

यस्तै, सारेगमपको फस्ट रनरअप झापा मेचीनगरकी रोसा फुयाँल भएकी छिन भने सेकेन्ड रनरअप सिलिगुडीका आदित्य विश्वकर्मा भएका छन् ।

 

 

सम्बन्धित खवर