सुप्रसिद्ध भारतकी गायिका लता मंगेशकरको निधन - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुप्रसिद्ध भारतकी गायिका लता मंगेशकरको निधन

माङसेबुङ न्यूज। सुप्रसिद्ध भारतकी गायिका लता मंगेशकरको निधन भएको छ ।

आइतबार बिहान ९२ वर्षीया मंगेशकरको मुम्बइको ब्रीच केन्डी अस्पतालमा निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

सुप्रसिद्ध भारतकी गायिका मंगेशकरले नेपाली गीत संगित क्षेत्रमा पनि योगदान गरेकी छिन् । उनले नेपाली गीत ‘बाचुन्जेलीलाई‘, पहाडको माथि माथि‘ एउटा मान्छे मनपर्छ’ लगायत थुप्रै चर्चीत गीतहरुमा स्वार भरेकी छिन् ।

 

सम्बन्धित खवर