हाङको निर्देशनमा जीवन र पुष्पाञ्जली अभिनित ‘लाम्देङबा मिम्जि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा जीवन र पुष्पाञ्जली अभिनित ‘लाम्देङबा मिम्जि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एक पछि अको म्यूजिक भिडियो निर्देशन गर्दै आईरहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘लाम्देङबा मिम्जि’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार शान्ता केरुङको शव्द तथा लय संकलनमा गायीका निरन्ता नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम ‘लाम्देङबा मिम्जि’ भिडियो लिम्बू कल्चर कृएशन अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पालाम भिडियोमा जीवन केदेम, पुष्पाञ्जली तिल्लिङ(चाप्पेतीको आमा), सुमन लिम्बू, हिमाल लिम्बू, क्रुशन लिम्बू, एल.बी. लिम्बू, स्मेना आवाजुङ, सीता तुम्बाहाङफे, अस्निता सिंगक र प्रमिला वरुमहाङ लगायतले अभिनय गरेका छन् ।

मनोज सामसुङको संगीत संयोजनमा किङग स्टुडियोमा रेकर्ड गरिएको पालामको भिडियोमा मोती सिग्देलको छायाँकन, पदम तामाङको मेकअप, नगेन धिमालको ड्रोन, रोमियो फिल्मसको पोष्ट प्रडक्सन र बीबी लिम्बूको सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर