संघीय लिम्बुवान प्रान्तीय मञ्च प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान प्रान्तीय मञ्च प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न

पाँचथर । संलोरा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल प्रदेश ‘क’ पाँचथरको क्षेत्रीय भेला सम्पन्न भएको छ । आइतबार हिलिहाङ ६ स्थित जोरपोखरीमा सम्पन्न भेलाले शर्ण लक्समको संयोजकत्वमा २५ सदस्यीय अधिबेशन आयोजक समिती गठन गरेको छ ।

समितिको सचिवमा कुमार यवा मौसम लाई चयन गरेको छ । सदस्यहरूमा छत्र योङ्हाङ, छत्रमान योङ्हाङ, हङ्स लावती, बीरबहादुर केरुङ, टेकेन्द्र सिगु, कमल सिगु लिम्बू, रामचन्द्र नेम्बाङ, मनकुमारी निङ्वारम, हर्कप्रसाद हेम्ब्या, योगेश आङ्थुपो, सम्झना योङ्हाङ, सुमन हाङ्सरुम्बा, अमृता जबेगु, गौरव हाङ्सरुम्बा, नेत्र तावाहाङ, सुजन मादेन, भवानी बिक्रम लिङ्देन, गजेन्द्र लावती, मिङ्सो लिङ्देन, सागर बेघा, सञ्जय माबो, सम्सेर योङ्हाङ, ऐतराज योङ्हाङ चयन भएका छन ।

उक्त भेलाले आगामी २०७८ साल फागुन २७ गतेका दिन हिलिहाङस्थित गोपेटारमा संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ र संघीय लिम्बुवान प्रान्तीय मञ्चका उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा विशाल लिम्बुवानी आमसभासहित सम्पन्न गर्ने निर्णय गरेको छ ।

क्षेत्रीय भेलामा संगठना संघीय सहसचिव सागर केरुङ, लिम्बुवान प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, सदस्य देउकुमार नेम्बाङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, संघीय लेखक मञ्चका अध्यक्ष तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ, जिल्ला सचिवद्वय नुनाम केरुङ, योगेश योङ्या, जिल्ला सदस्यहरु नरबहादुर हेम्ब्या, सुरेन्द्र सेवा, राजेन्द्र सिगु, कर्णबहादुर काम्बाङ, रामचन्द्र नेम्बाङ, समिक्षा तुम्बापो, नरेश लक्सम, सन्तोष हाङ्सरुम्बा, संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर