प्रमोद र रुक्सानाको आवाजमा ‘नोगेन’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रमोद र रुक्सानाको आवाजमा ‘नोगेन’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वईस अफ किडस नेपालको कोच प्रमोद खरेल र फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर अवाजमा सजिएको बहुप्रतिक्षित विल्कुलै नयाँ गीत ‘नोगेन’ (धन्यबाद) सार्वजनिक गरिएको छ ।

महेश खड्काको शव्द तथा संगीतमा सजिएको गीत ‘नोगेन’ को भिडियो प्रमोद खरेलको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मिनाक्षी कोईरालाको निर्देशन तथा दीपा सिटौैलाको निर्माणमा तयार पारिएको भिडियोमा प्रमोद खरेल र रुक्साना लिम्बूले एकसाथ अभिनय गरेका छन् । भिडियोमा रेखा लावतीले समेत अतिथि भूमिकामा अभिनय गरेका छन् ।

अर्जुन तिवारीको छायाँकन, अनिमेसको मेकअप तथा मिलन बिश्वकर्मको सम्पादन तथा कलररिङ रहेको भिडियोमा रुक्साना लिम्बूको कलकारिता यात्रामा मर्गदर्शकको रुपमा प्रमोद खरेललाई प्रस्तुत गरिएको छ ।

प्रमोदले रुक्सानालाई गीत गाउन सिकाएर गीत रेकर्ड गराईदिएपछि रुक्साना स्टर भएको र प्रमोदलाई आसा भरोसा बनिदिएकोमा नेगेन अथवा धन्यबाद व्यक्त गरेको भाव प्रस्तुत गरिएको भिडियोलाई प्रमोद खरेललेनै प्रस्तुत गरेका हुन् ।

बिशाल निरौलाको संगीत संयोजनमा स्टुडियो अलंकार डिजिटलमा राजन राईले रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर