पुर्व भुटानी शरणार्थीको कथा ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्व भुटानी शरणार्थीको कथा ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

माङसेबुङ । भुटानबाट लखेटिएका पुर्व शरणार्थीहरुको कथा समेटिएको वृत्तचित्र ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ को ट्रेलर असल टिभी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ । पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।

यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाईको घटनामा आधारित छ ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा बि.एम. खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो ।

ट्रेलर हेर्नुहोस…

सम्बन्धित खवर