धन किरणको निर्देशिनमा ‘यसरी घुरेर’ सार्वजनिक (भिडियो सहित ) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धन किरणको निर्देशिनमा ‘यसरी घुरेर’ सार्वजनिक (भिडियो सहित )

माङसेबुङ । पूर्व काउन्सिलर धन किरण गुरुङद्वारा निर्देशित म्यूजिक भिडियो ‘यसरी घुरेर’ सार्वजनिक गरिएको छ ।

डिजि प्रोडक्सन युकेको ब्यानरमा निर्माण भएको उक्त गीतको म्युजिक भिडियोको काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच सार्बजनिक गरिएको हो । उक्त म्युजिक भिडियो डिजि प्रोडक्सन युट्युब च्यानलमा हेर्न सकिनेछ ।

अल्का गुरुङले निर्माण गरेको गीतमा स्वर, शब्द र सगींत धन किरण गुरुङले नै दिएका छन् भने म्यूजिक भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, रिया श्रेष्ठ, काशी घले र कुसुम घताने लगायतको अभिनय रहेको छ ।

दिनेश पराजुलीको सिनेग्राफीमा निर्माण भएको म्यूजिक भिडियो अमृत चापागाँईले सम्पादन गरेका छन् । गीतको अग्रंजी सब टाईटल अनुवाद किशोर गुरुङले गरेका हुन् ।

पूर्व काउन्सिलर गुरुङले आफ्ना थुप्रै बेलायती साथी र यहाँको समुदायलाई नेपाली संस्कृतिका बारेमा जानकारी दिन अग्रंजी सब टाईटल अनुवाद सहित निर्माण गरिएको बताए । बेलायतमा रहेर नेपाली गीत सगींत प्रतिको मोह सगांलेका उनले थुप्रै गीतका म्यूजिक भिडियोहरु निर्माण गरेका छन् ।

चर्चित चलचित्र निर्देशक मिलन चाम्सको प्रमुख आतिथ्यता रहेको म्यूजिक भिडियो सार्बजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, टेलिभिजन प्रस्तोता नरेश भट्टराई, प्रथम मेचीनगर मिसेस गिता आचार्य, बिएफबिएस रेडियोका प्राविधिक बिनोद धोज खड्का, जिएमएफ नेपालका प्रनिधिनि हरि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर