समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई सर्वसम्मत - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई सर्वसम्मत

दमक । समाजवादी प्रेस सगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् ।

मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् ।

त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन् ।

जिल्ला भेलामा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला वराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो । केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेला सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर