एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने बोर्डको निर्णय - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बताएका छन् ।

सम्बन्धित खवर