हाङको निर्देशनमा मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायीका मेचु धिमाल र द भ्वाईस अफ किड्स नेपालकी फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘उड्नु छ’ सार्वजनिक गरिएको छ ।

अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको गीत ‘उड्नु छ’ भिडिायो गायीका मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका मेचु धिमालकै शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यले गरेका हुने भने गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

एकल नारीले सन्तानलाई हुर्काउनु पर्दाको पिडा, एकल नारीको कथा व्याथालाई प्रस्तुत गरिएको मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुको छायाँकन, सम्पादन तथा कलरिङ, धिरेन र दिपकको लाईट तथा सञ्जु थलङको मेकअप रहेको छ ।

भिडियो हेर्नुहोस…

https://www.youtube.com/watch?v=08C78PXC9E8

सम्बन्धित खवर