संघीय लिम्बुवान मञ्च फालेलुङ गाउँपालिका वडा कार्यालय उद्घाटन - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान मञ्च फालेलुङ गाउँपालिका वडा कार्यालय उद्घाटन

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. १ को वडा कार्यालय उद्घाटन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव तथा निर्वाचन क्षेत्र ‘क’ का क्षेत्रीय संयोजक सागर केरुङ्को प्रमुख आतिथ्यतामा फालेलुङ १ स्थित खुंवा आङ्बो चोकमा कार्यलय उद्घाटन गरेको हो ।

कार्यक्रममा जिल्ला सचिव सुबास केरुङ ‘नुनाम’, फालेलुङ गाउँपालिका सचिव कुमार यवा ‘मौसम’, सचिवालय सदस्य युगेश आङ्थुपो, सघीय युवा मञ्च जिल्ला अध्यक्ष गगन जबेगु ‘खाम्बेक’ लगायत नेताहरुको उपस्थितमा सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा कृयाशिल सदस्यता समेत वितरण गरिएको वडा अध्यक्ष दिनेश आङ्बोले बताए ।

सम्बन्धित खवर