राजेश पायल र रुक्सानाको ‘चोरी भो २’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल र रुक्सानाको ‘चोरी भो २’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चित गायक राजेश पायल राई र चर्चाको शिखरमा रहेकि द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘चोरी भो २’ सार्वजनिक गरिएको छ ।

राजन मुकारुङको शव्दभावहरुमा राजेश पायल राईको संगीतमा सजिएको गीत ‘चोरी भो २’ राजेश पायल राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई स्टुडियो किङगमा सुरेश राईले रेकर्ड गरेका हुन् ।

राजेश पायल राई म्यूजिक एकडेमीको प्रस्तुतिमा धन खालिङको छायाँकन तथा सम्पादन रहेको लिरकल भिडियोलाई जस्केलो क्रिएशनले तयार पारेका हुन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर