हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’ को छायाँकन सम्पन्न

माङसेबुङ । पछिल्लो समय एक पछि अर्को म्यूजिक भिडियो निर्देशन गर्दै आईरहेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीत ‘तिमी बिना’ को छायाँकन सम्पन्न गरिएको छ ।

कोरियामा रहँदै आएका साहित्यकार वियोगी काइँलाको शब्द र संगीतकार शान्तिराम राईको संगीतमा सजिएको गीत ‘तिमी बिना’ मा प्रमोद खरेलको आवाज रहेको छ ।

कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर ठाउँहरुमा छायाँकन गरिएको उक्त भिडियोमा ‘मिस पुर्वेली–२०१५’ सुम्निामा खापुङ र आनन सिंहले अभिनय गरेका छन् ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतकोको म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन भने इशाक जबेगुले गरेका हुन् ।

गोमा देवी चेम्जोङले निर्माण गरेको भिडियोमा सन्जु थलङ मेकअप रहेको छ भने भिडियो चाँडै नै सार्वजनिक गरिने निर्देशक हाङ चेम्जोङले बताए ।

सम्बन्धित खवर